• Tuesday 6th of October 2026

विश्वकपबाट बाहिरिए बंगलादेशी कप्तान सकिब अल हसन


  • धनकुटा खबर
  • .

बंगलादेशी कप्तान शकिब अल हसन चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।

लिग चरणमा श्रीलंकासँगको खेलमा ब्याटिङ गर्दा घाइते भएपछि उनी टिमबाट बाहिरिने भएका हुन् ।

शकिबको अनुपस्थितिमा आगामी खेलमा उपकप्तान नजमुल होसिन सान्तोले टिमको कप्तानी गर्नेछन् । शकिबको सट्टामा अनमुल हकले खेल्ने छन् ।

खेलपछि शकिबको एक्सरे गर्दा उनको देब्रे हातको चोर औंला भाँचिएको देखिएपछि उनी टिमबाट बाहिरिएका हुन् ।

बंगलादेशका लागि फिजियो बेजेदुल इस्लाम खानले चोटका बारेमा बताउँदै भने, ‘शाकिबको इनिङ्सको सुरुमा देब्रे हातको चोर औंलामा चोट लागेको थियो, उनले टेपिङ र पेनकिलर खाएर ब्याटिङ गरेका थिए ।’

शकिबले चोटको बाबजुद श्रीलंकाविरुद्ध ६५ बलमा १२ चौका र २ छक्का सहित ८२ रन बनाएका थिए ।

उनले २०१२ मा एकदिवसीय फम्र्याटमा डेब्यु गरेका थिए । उनले एकदिवसीयमा ४५ खेल खेल्दै ३ शतकसहित १२५८ रन बनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖