• Friday 9th of October 2026

ठूला दलमाथि खनिए रवि, परिवर्तन जोगाउने बैठकका दृश्यले मेरा आँखा नराम्ररी बिझाए


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने ठूला दलका शीर्ष नेताहरुको रवैयालाई लिएर आक्रोशित बनेका छन् । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा परिवर्तन जोगाउन सबै दल एक ठाउँमा उभिने निश्कर्ष निकालिएको समाचार प्रवाह भएको थियो ।

त्यसबारे केन्द्रित भएर रविले आफ्नो धारणा सार्वजनिक गरेका छन् । जाजरकोट र रुकुम पश्चिम भूकम्पको मारमा परेको बेलामा पीडितहरुलाई घरमा पाल र ब्ल्यांकेट पुर्याउन र चिसोमा जनता जोगाउन उनको अपिल छ । व्इवस्था त आँफै जोगिने अनि परिवर्तन पनि जोगिने उनको भनाई छ । उनले ठूला दलका नेताहरुलाई सर्वदलीय हेडसरको संज्ञा दिएका छन् । लामिछानेले फेशबुकमा लेखेका छन्-

आदरणीय “सर्वदलीय हेड सर” हरु यता सुन्नुस् है,
आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल,चामल,दाल समयमै बाड्न नसक्ने अनि चिन्ता ब्यवस्थाको, परिवर्तन को? तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु,ब्यवस्थामा खतरा छैन,भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस् ।

परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए। नोट: उद्दार कार्य उत्कृष्ट थियो तर राहत बितरण कत्तिपनि सहि भएन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖