• Tuesday 6th of October 2026

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा


  • धनकुटा खबर
  • .

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति स्विट्जरल्यान्डको योङ ब्वाइजलाई ३-० गोलले हराउँदै सिटी समूहको अन्तिम दुई खेल बाँकी छदै अन्तिम १६ मा पुगेको हो।

सिटीका लागि हाल्यान्डले खेलको २३ मिनेटमा पेनाल्टीमा पहिलो गोल गर्दा ५१ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। त्यसअघि फिल फोडेनले सिटीका लागि पहिलो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरेका थिए।

योङ ब्वाइजका लाउपर ५३ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।

जितसँगै सिटीले समूह ‘जी’ मा ४ खेलबाट १२ अंक जोडेको छ। सिटीको जितमा दुई गोल गरेका नर्वेजियन फरवार्डले च्याम्पियन्स लिगमा ३४ खेलमा ३९ गोल गरिसकेका छन्।

यता बार्सिलोना भने पराजित भएको छ। समूह ‘एच’ को खेलमा बार्सिलोनालाई शख्तर डोनेट्स्कले १-० ले हराए। यद्यपी हारपछि पनि बार्सिलोना ९ अंक जोड्दै शीर्ष स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖