काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार भएको दिन अर्थात मंगलबार प्रतितोला एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख १४ हजार १५० रुपैयाँमा किनबेच भैरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
