• Friday 9th of October 2026

महेश बस्नेतलाई धम्क्याउने मनोज मानवले महिलालाई अश्लील गाली गर्दै धम्क्याएको अडियो सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतको चरित्र हत्या गर्दै धम्क्याएर बार्गेनिङको प्रयास गर्ने युट्युवर मनोज मानवले रक्सी खाएर विभिन्न व्यक्तिलाई धम्क्याउने र बार्गेनिङ गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

विभिन्न व्यक्तिलाई रक्सी खाएर छाडा बोल्दै मानवले धम्क्याउने गरेको अडियो सार्वजनिक भएको छ । एक महिलालाई रक्सी खाएर मनोजले अश्लील शब्द प्रयोग गर्दै धम्क्याएपछि ती महिलाले उनको धम्कीको प्रतिवाद गरेको अडियो प्राप्त भएको छ ।

मनोज तिनै व्यक्ति हुन् जसले एमाले नेता महेश बस्नेतलाई धम्क्याएर बार्गेनिङको दुष्प्रयास गरेका थिए । बस्नेतलाई धम्क्याएको अडियो इडिट गरेर दुई दिन अघि उनले बस्नेत विरुद्ध भ्रामक प्रचारको प्रयास गरेका थिए ।

रक्सीले मातेका मनोजले मसँग मिल्नु भएन भने एक इञ्च पनि अघि बढ्न दिन्न भन्दै बस्नेतलाई धम्क्याउने प्रयास गरेका थिए । तिनै मनोजले एक महिलालाई अति अश्लील शब्द प्रयोग गर्दै बार्गेनिङ गरेका छन् । -सनराइज खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖