• Friday 9th of October 2026

अल्टिमेटमसहित प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै मधेस प्रदेशका मुख्यमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

आज १०ः३० प्रधानमन्त्री प्रचण्डलाई सो ज्ञापनपत्र बुझाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य भरत साहले बताए । मुख्यमन्त्री यादवका साथमा हरेक पार्टीका सांसद, नेता तथा सांसद रहने उनले बताए ।

प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन, वन, गुठीलगायतको अधिकार प्रदेशलाई दिनुपर्ने मागसहित यो ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाउन लागेको उनले बताए । उनले भने, ‘संविधानमा उल्लेख प्रदेशको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने हाम्रो माग हो, ती सबै माग एक महिनाभित्र पुरा नभए चरणबद्ध आन्दोलनमा जान्छौँ ।’

केन्द्रदेखि प्रदेशसम्म आन्दोलन हुने बताउँदै उनले आन्दोलनमा जाने कुरा मधेस प्रदेशका सर्वदलीय बैठकबाट तय भएको बताए । ज्ञापनपत्र बुझाए पछि पनि माग पुरा नभए पुनः सर्वदलीय बैठक बसेर आन्दोलनका कार्यक्रमहरू तय गर्ने बताउँदै उनले सङ्घीयता बलियो बनाउनका लागि प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । यसका लागि सङ्घीय सरकारले संविधानमा उल्लेख अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖