• Friday 9th of October 2026

धरानमा तत्काल विमानस्थल निर्माण अध्ययन समिती गठन गर्न उड्डयन प्राधिकरणलाई मन्त्री किरातीको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ कात्तिक । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लाई निर्देशन दिएका छन्।

मन्त्री किरातीले समाजिक सञ्जाल फेसबुकमा लेख्दै तत्काल विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न निर्देशन दिएको जानकारी गराएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखी धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री किरातीले उक्त निर्देशन दिएका हुन् ।

मेयर साम्पाङले धरान–१७ मा एयरपोर्ट बनाउन यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद भएको भएपनि हालसम्म एयरपोर्ट निर्माण नभएको भन्दै पत्र लेखेका थिए ।

पत्रमा मेयर साम्पाङले एयरपोर्ट नबनेपछि एयरपोर्टका लागि भनेर जग्गा विक्री गरेका धनीहरुले जग्गा फिर्ता गराउन पटक–पटक निवेदन दिइरहेको समेत उल्लेख गरेका थिए ।

एयरपोर्ट निर्माणका लागि यती इन्करपोरेटेडले २० वर्ष अघिनै जग्गा खरिद गरेको भएपनि अहिलेसम्म उक्त कार्य अगाडि नबढेको मेयर साम्पाङको भनाई छ ।

सरकारले २० वर्ष पहिलेदेखि धरानमा विमानस्थल निर्माण प्रक्रिया थाले पनि जग्गा व्यवस्थापनमा देखिएको किचलो देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖