• Tuesday 6th of October 2026

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको एकल इजलासमा


  • धनकुटा खबर
  • .

काठमाडौं,२३ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नावालिग बलात्कारको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।

पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको छ । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖