• Friday 9th of October 2026

सन्दीपविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै


  • धनकुटा खबर
  • .

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कार मुद्दामा आज सुनुवाइको पालो तोकिएको छ।

जिल्ला अदालत काठमाडौंले आज न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी राखेर सुनुवाइ तोकेको छ। न्यायाधीश घिमिरेको पेशीमा लामिछानेको मुद्दा पाँचौ नम्बरमा परेको अदालत प्रशासनले जनाएको छ।

लामिछाने विरुद्धको यो मुद्दा अन्तिम सुनुवाइका लागि भनेर यसरी पेशी चढ्न थालेको सात महिना बितिसकेको छ।

पछिल्लो असोज महिनामा पनि तीन पटक पेशी तोकिएको थियो। यद्यपि अत्यधिक जनचासोको विषयमा भएकाले न्यायाधीशहरूले यो मुद्दाको सुनुवाइ गर्न हिच्किचाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖