• Friday 9th of October 2026

पूर्वमन्त्री जनार्दन शर्माले जाजरकोट पठाइएको राहत लुटे ?


  • धनकुटा खबर
  • .

भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संवेदनहीन राजनीति गरेका छन् । काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन । नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्काे जिल्ला पठाएका हुन । बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गरिएको छ । काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटमा जनप्रतिनिधिहरुले बताएका छन ।

बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिम लगिएको छ । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्ने पर्नेमा राजनीतिक पहुँच देखाउन थालिएको भन्दै पीडित आक्रोशित भएका छन । मन्त्री शर्माले भने भारत सरकारले उपलब्ध गराएको राहत वितरणमा आफुले सहजिकरण गरेको दाबी गरेका छन ।

भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामान पुगेका छैनन् । सर्वसाधारण बारीमा कठ्याङ्ग्रिएर रात बिताउन बाध्य छन । उता आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर राहत सामग्री वितरण गर्ने मनोवृत्तिका कारण पीडितमाथि भेदभाव हुन थालेको गुनासो बढेको छरु। रुकुम पश्चिमको तुलनामा जाजरकोटमा राहत वितरणमा ढिलाइ भइरहेको गुनासो बढी छरु। प्रभावित क्षेत्रका बासिन्दाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशस्त राहत सामग्री जुटे पनि अझै २० प्रतिशत प्रभावित क्षेत्रमा राहत पुग्न बाँकी देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖