• Friday 9th of October 2026

नक्कली शरणार्थी प्रकरणको ‘रिहा हुन पाऊँ’ भनी दर्ता गराएको निवेदनमाथिको सुनुवाइ स्थगित्


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ कात्तिक । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको सुनुवाई स्थागित भएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले उच्च अदालत पाटनमा ‘रिहा हुन पाऊँ’ भनी दर्ता गराएको निवेदनमाथिको सुनुवाइ आज तोकिएको भएपनि स्थगित भएको हो ।

जिल्ला अदालतको आदेश बदरको माग गर्दै उनीहरु उच्च अदालत पुगेका थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको अभियोगमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँण, नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमझी, नेपाल सरकारमा सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थ अधिकारी थुनामा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖