• Tuesday 6th of October 2026

एन्फा अध्यक्ष नेम्वाङ बर्खास्तीको प्रस्ताव अस्वीकृत


  • धनकुटा खबर
  • .

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।

हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो ।

प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५३ मत परेको छ । एक मत बदर भएको छ ।

विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान गरेनन् ।

एन्फाको १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भएपनि ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए । एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुई तिहाई मत आवश्यक पर्ने विधानको व्यवस्था छ ।

गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेश गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖