• Friday 9th of October 2026

फूल कारोबारीसँग असइले ‘घुस’ मागेपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्लाहीस्थित प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज मनोज यादवलाई निलम्बन गर्ने निर्णय गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) यादवले नेपाल–भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोप छ । असई यादवलाई निलम्बन गरिएको सर्लाहीका एसपी प्रवीण धितालले रातोपाटीलाई बताए ।

उनले भने– ‘मधेस प्रदेश प्रहरी कार्यालयबाट निलम्बनको निर्णय भएको छ ।’ यादव प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज थिए । रकम मागेको मौखिक उजुरपछि उनलाई निलम्बन गरेर घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन गरिरहेको छ । छानबिनका लागी डिएसपीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको एसपी धितालले जानकारी दिए ।

गत शुक्रवार दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर असई मनोज यादवले ५० हजार रुपैयाँ लिएको पनि आरोप छ । यसअघि पनि गैरव्यवासायिक गतिविधिमा संलग्न आरोपमा प्रहरी हवलदारलाई निलम्बन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖