• Friday 9th of October 2026

एकाविहानै रोल्पा पुगे प्रधानमन्त्री प्रचण्ड, यस्तो छ कारण


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाविहानै रोल्पा पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड रोल्पामा आयोजना गरिने कार्यक्रममा सहभागी हुनको लागि आज बिहानै हेलिकोप्टरमा काठमाडौंबाट रोल्पा हुन्।

प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने समेत कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले आजै माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖