• Friday 9th of October 2026

हामी चुक्दै त छैनौं ? :चन्द्र भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राज्यले अभिभावक बनेर आफ्नो उपस्थिति देखाउन नसकेको गुनासो पोखेका छन् ।

उनले नेपालले विगतमा ठूला ठूला समस्याको समाधान गरेको इतिहास रहेको पनि स्मरण गराएका छन् । अहिले भूकम्प पीडित जनताले साथ र सहयोग खोजेको उल्लेख गर्दै तर जनतालाई राहत दिनुको सट्टा रसिदभन्दा माथि उठ्न नसकेका समाचरा सुन्दा आफूलाई ती व्यक्तिप्रति दया लागेको बताएका छन् ।

भण्डारीले फेशबुकमा लेखेका छन्-

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जनधनको ठुलो क्षति गर्यो, हो दैवी वा प्राकृतिक विपत्ति हाम्रो नियन्त्रण बाहिर हुन्छ।तरपनि आइसकेको विपत्तिमा पीडित जनताको अभिभावक बनेर राज्यका संयन्त्र उपस्थित हुनुपर्ने हो , विगतमा ठुलाठुला समस्या समाधान गरेको नेपालको इतिहास छ। यस्तै दुस्खमा जनताले साथ सहयोग खोजेका थिए , यस्तै समयमा काम गर्न राज्यका विभिन्न स्थानीय, प्रदेश सरकार आदि निकाय बनाइएको हो तर यी निकायको औचित्यको बारेमा प्रश्न उठेको समयमा प्रभावकारी ता प्रर्दशन गरी जवाफ दिन किन सकेन्न रु यस्तो विपद्को घडीमा पनि रसिद भन्दा माथि उठ्न नसकेका समाचार सुन्दा ति ब्यक्तिका सोच प्रति दया लाग्दछ १११ विशिष्ट व्यक्तित्वहरूको भ्रमणले पीडितलाई कति राहत दिन सक्यो रु भूकम्प पछिको उद्धारमा निकै सक्रिय निकाय र प्रतिनिधि माथि राहत वितरणमा इमानदारिता माथी गम्भीर प्रश्न किन उठी रहेका छन ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖