नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ घाइते भएका छन्। घाइते भएका कारण उनले फिफा विश्वकपअन्तर्गत एसियाको दोस्रो चरणको पहिलो खेल गुमाउने भएका छन्।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गर्दा उनको नाम समावेश छैन।
नेपाली टिमका अनुभवी डिफेन्डर अनन्तको घुँडामा चोट लागेको र उनी युएईविरुद्धको खेलमा फिट हुन नसक्ने अखिल नेपाल फुटबल संघको भनाइ छ।
युएईविरूद्ध खेल्ने नेपाली टिम घोषणा
फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्।
नेपालले बिहीबार युएईसँग खेल्नेछ। त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ।
