• Tuesday 6th of October 2026

सेमिफाइनलको दौडबाट बाहिरियो अफगानिस्तान


  • धनकुटा खबर
  • .

काठमाडौं । अफगानिस्तान आधिकारिकरुपमा आईसीसी विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४४ रन बनाएपछि उसको सेमिफाइनल पुग्ने गणितीय सम्भावना समाप्त भएको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा दक्षिण आफ्रिकाले टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानका ओपनर रहमान-उल्लाह गुरबाज दुई रनमा केशव महाराजको बलमा आउट भए । इब्राहिम जाद्रान १५ रन बनाएर जेराल्ड कोएत्जीको शिकार भए ।

हसमतुल्लाह शाहिदी दुई र रहमत शाह २६ रनमा लुङ्गि एन्गेडीको बलमा आउट भए । इक्रम अलिखितले १२ रन बनाए । महोम्मद नावि २, रासिद खाना १४, नुर अहमद २६, मुजिव उर रहमान ८ र नविन उल हक २ रनमा आउट भए । सर्वाधिक ९७ रन बनाएका अजमातुल्लाह उमरजाई अविजित रहे ।

दक्षिण अफ्रिकाका लुङ्गि एन्गेडीले ६ विकेट लिए । महाराज र कोएत्जीको नाममा २-२ विकेट रहृयो ।

२४५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाकाले राम्रो सुरुवात गरेको छ । अहिले दक्षिण अफ्रिकाको ब्याटिङ जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖