• Friday 9th of October 2026

रेशम चौधरीविरुद्धको रिटमा शारदाको अर्को निवेदन


  • धनकुटा खबर
  • .

काठमाडौँः रेशम चौधरीलाई बाँकी सजाय मिनाह गर्दै रिहाइको विरुद्धमा परेको रिटको सुनुवाइ अब पुस १६ गते हुने भएको छ। सर्वोच्चमा सात जना न्यायाधीश रिक्त हुँदा उक्त रिटको सुनुवाइ पुस दोस्रो सातासम्म रोकिएको हो।

सर्वोच्च प्रशासनले पुस दोस्रो साताका लागि पेसी तोकेपछि टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहोराकी पत्नी शारदा कडायतले अर्को निवेदन दर्ता गराएकी छिन्। अग्राधिकार पाइसकेको यो रिटको सुनुवाइ शारदाको निवेदनसँगै पुस १६ गते पहिलो प्राथमिकतामा राखेर सर्वोच्चले गर्नुपर्ने भएको छ।

‘न्यायाधीश अभावमा हाम्रो मुद्दाको सुनुवाइ आगामी चैत÷वैशाखसम्म धकेलिने सम्भावना थियो,’ तर, अग्राधिकार पाएकाले पुस १६ का लागि पेसी तोकिएको शारदाले बताइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖