• Friday 9th of October 2026

लक्ष्मी पूजाको रात अपनाउनुहोस् यी अचुक उपाय, देवी लक्ष्मीको मिल्नेछ आशीर्वाद !


  • धनकुटा खबर
  • .

एजेन्सी । लक्ष्मी पूजा प्रत्येक वर्ष कार्तिक महिनाको अमावस्या तिथिमा मनाइन्छ । यस वर्ष यो पर्व नोभेम्बर १२ अर्थात कार्तिक २६ गते मनाइँदैछ । घरमा सुख समृद्धि कायम रहनुका साथै आर्थिक समस्या हट्नका लागि पनि यस दिन लक्ष्मीको पूजा गरिन्छ । यस दिन धेरै उपायहरू पनि गरिन्छ, जुन गर्नाले देवी लक्ष्मीको विशेष कृपा वर्षभर रहन्छ ।

ज्योतिषका अनुसार अमावस्या तिथी भएकाले यस दिन विभिन्न प्रकारका उपायहरू गरिन्छ । केही यस्ता निश्चित उपाय छन् जसलाई रातमा गर्नाले देवी लक्ष्मी छिट्टै प्रसन्न हुन्छिन् । रातमा १०८ पटक जप गर्नाले सबै अशुभ समस्याको समाधान हुन्छ । माता लक्ष्मी चाँडै खुसी हुनुहुनेछ ।

लक्ष्मी पूजामा गर्नुहोस् यी उपाय
एक दिन अगाडि श्रीयंत्र घरमा ल्याउनुपर्छ । अमावस्या तिथिको भोलिपल्ट पञ्चामृतले श्रीयंत्र स्नान गर्नुहोस् । श्रीयंत्रमा कलव बाँध्नुहोस् । रातो कपडा बाँध्नुहोस् । यसमा लक्ष्मीको स्थापना गर्नुहोस् । त्यसपछि खडा भात हाल्नुहोस् र गाई घ्यूको दियो बाल्नुहोस् ।

अभावका कारण गाई घिउको दियो बाल्न नसके तिलको तेलको मात्र दियो बाल्नुहोस् । लक्ष्मी माताको मन्त्रसँगै जप गर्नुहोस् । यसो गर्नाले देवी लक्ष्मी चाँडै प्रसन्न हुन्छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖