• Friday 9th of October 2026

तिहार लगत्तै कोशीमा सरकार विस्तार


  • धनकुटा खबर
  • .

काठमाडौं। एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लामो कसरतपछि तिहार लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।

सत्ता गठबन्धनका दलहरुबीच भागवण्डा टंगिएपछि तिहाल लगत्तै सरकार विस्तार हुने भएको हो। दलहरुबीचको सहमति अनुसार प्रदेशका नौ मन्त्रालयमध्ये सरकारको नेतृत्व गरिरहेको कांग्रेसले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय राख्ने सहमति भएको छ। यसैगरी माओवादी केन्द्रले तीन र एकीकृत समाजवादीले एक वटा मन्त्रालय लिने सहमति भएको छ।

जसपाले सरकारमा नआउने बताए पनि गठबन्धन दल भएका कारण एउटा मन्त्रालय राख्ने दलहरूबीच सहमति भएको बताइएको छ।
२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीको मन्त्रिपरिषदमा हाल कांग्रेसबाट शमशेर राई, माओवादीबाट गणेश उप्रेती र नेकपा एसबाट कमलप्रसाद जवेगु बिना विभागीय मन्त्री छन्।

दलहरूबीच सहमति नजुट्दा उनीहरूले समेत मन्त्रालयको जिम्वेवारी पाएका छैनन्। उनीहरूको जिम्मेवारी पनि छठ पछाडि मात्रै तोकिने भएको छ।
शुक्रबार भएको बैठकले कोशी प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका बिषयमा सहमति जुटेको हो।

उमेर हदका कारण कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले अनिवार्य अवकास पाउँदैछन्। उनको ठाँउमा माओवादीका तर्फबाट अध्यक्ष नियुक्त गर्ने सहमति जुटेको छ।

गठबन्धनका दलहरूबीच भागबण्डामा सहमति जुटे पनि पार्टीभित्र आकांक्षी धेरै भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा समस्या परेको छ। डा. शेखर कोइराला पक्षका आठ प्रदेशसभा सदस्य र एमालेका सबै ३९ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई आफूलाई साथ दिने पार्टीका विद्रोही सांसदका साथै संस्थापन पक्षलाई पनि समेट्नुपर्ने दबाब छ।

कार्कीले मुख्यमन्त्री नियुक्तिमा आफूलाई साथ दिएकामध्ये एकजना शमशेर राईलाई मन्त्री नियुक्त गरे पनि अरू ६ जनाको चित्त बुझाउन कठिन छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖