काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्ता गठबन्धन देश हितको पक्षमा नभएको दाबी गरेका छन्। समृद्धि, सुशासन, विकास र सामाजिक न्यायको पक्षमा प्रचण्ड नेतृत्वको सरकार नभएको उनले भनाइ छ।
उनले नेपाल प्रेससँग भने- सबै कोणमा सरकार असफल र अयोग्य हो। देश नै असफल हुने पथमा छ। यो सत्ता समीकरण फेरबदल मात्रै होइन। बहिर्गमन यो देशको हितको लागि अपरिहार्य भइसक्यो। तर, निर्वाचन प्रणालीको कारणले तत्काल सम्भव छैन। संसद्को ठूलो दल कांग्रेस अहिले प्रचण्डको असिस्टेन्ट बनेको छ।
देउवाले प्रचण्डको साथ नछाडेसम्म देश निकास नपाउने उनको बुझाइ छ।उनी थप्छन्- कांग्रेसले देशलाई जटिलता बुझेर आएमा स्थिर सरकार निर्माणको आधार तय हुन्छ। त्यसैले तिहार लगत्तै सरकार निर्माणको नयाँ राजनीतिक कोर्समा पुग्न जरुरी छ। तर, यो खेतीमा अहिले एमाले छैन। कांग्रेस प्रचण्डको असिस्टेन्ट छाडेर संवादमा आयो भने वातावरण बन्न सक्छ।
