• Friday 9th of October 2026

स्वदेश फर्कियो चिनियाँ टोली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्रका सचिव वाङ चुनछेङ नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

कात्तिक २२ नेपाल भ्रमणमा आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटघाट गरी आइतबार स्वदेश फर्किएको हो ।

श्रीलंकन एयरको उडान नम्बर यूएल १८२ मा चुनछेङ नेतृत्वको ११ सदस्यीय टोली आइतबार दिउँसो साढे २ बजे कोलम्बो उडेको हो । उनीहरुले आइतबार भक्तपुर दरबारको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖