• Wednesday 7th of October 2026

द्रविडलाई डर, एकै हारले बाहिरिने त होइन ?


  • धनकुटा खबर
  • .

मुम्बई । यसपल्टको विश्वकपका कुनै एक टिम साँच्चै राम्रो छ भने त्यो भारत नै हो । तर प्रशिक्षक राहुल द्रविडलाई डर छ, कतै एकै हारले आफ्नो टिम प्रतियोगिताबाट बाहिरिने त होइन ? बुधबार सेमिफाइनल हुँदैछ र भारतको प्रतिद्वन्द्वी रहेको छ, न्युजिल्याण्ड ।

भारतले आफ्नो अन्तिम लिग खेलमा नेदरल्याण्डसलाई १६० रनले हराएको थियो । यसक्रममा भारतले लिग चरणमा शतप्रतिशत जित निकालेको थियो । त्यो भनेको नौ खेलमा नौ वटै जित हो ।

विश्वकप इतिहासमा राउन्ड रोबिनको आधारमा प्रतियोगिता भएको छ भने यो जत्तिको उम्दा प्रदर्शन अर्को हुन सक्दैन । खासमा भारत सबै क्षेत्रमा अब्बल देखिन्छ जस्तो, ब्याटरकै कुरामा ।

विराट कोहली प्रतियोगितामै सबैभन्दा बढी रन बनाउनमा पर्छन् । उनले ५९४ रन बनाएका छन् । त्यसपछि कप्तान रोहित शर्मा पनि धेरै टाढा छैनन्, उनले ५०३ रन बनाइसके । यी निकै अनुभवी ब्याटरले एक आपसमा तीन शतक बनाइसकेका छन् ।

केही नयाँ मान्न मिल्ने श्रेयस अय्यर केएल राहुल पनि धेरै पछाडि छैनन् । उनीहरू दुवैले नेदरल्यान्ड्सविरुद्ध शतक पनि बनाए । बलरमा पनि भारत कम्ती छैन, जसप्रित बुमराह, मोहम्मद सिराज र मोहम्मद सामीको फास्ट बलिङ जोडी गज्जब छ । भारतका लागि हार्दिक पान्ड्या घाइते हुनु पनि धेरै दुखदायी भएन, उनी नभएपछि टिममा सामी फर्केका छन् । सामीले पाँच खेलमा १६ विकेट लिएका छन्, त्यो पनि १० रनको औसतमा । त्यसमाथि स्पिनर विभागमा रवीन्द्र जडेजा र कुलदीप यादव पनि लयमै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖