• Wednesday 7th of October 2026

विश्वकप क्रिकेट: भोलि भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल हुने


  • धनकुटा खबर
  • .

भोलि आयोजक भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल खेल हुँदैछ।दोस्रो सेमिफाइनल चाहि दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच पर्सि बिहीबार कोलकोताको इडेन गार्डेनमा हुनेछ।

भारत र न्युजिल्याण्डविचको खेल नेपाली समय भोलि दिउँसो २ १५ बजेदेखि सुरु हुनेछ । खेल मुम्बईको वानखडे क्रिकेट मैदानमा हुनेछ । भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्याण्डले ९ खेलमा ५ जित र ४ हारका साथ १० अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।

जारी लिगमा भारतले न्युजिल्याण्डलाई ४ विकेटबाट हराएको थिय ।चार वर्ष अगाडिको विश्वकपमा भने भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटमा अहिलेसम्म ९ पटक खेल भएको छ । ५ पटक न्युजिल्याण्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ।

भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।पछिल्ला दुई विश्वकपमा भन् न्युजिल्याण्ड उप–विजेतामै सीमित रहेको थियो।यी दुईबिचको खेल निक्कै प्रतिस्पर्धा हुने अनुमान खेल विश्लेषकहरूको रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖