जाजरकोट । जाजरकोटको पैंक केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज साँझ ९ बजेर १५ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । गत १७ गते यता जाजरकोटमा परकम्पहरू आउने क्रम जारी छ ।
जाजरकोटमा आएको उक्त ठूलो भूकम्पपछि मात्रै त्यसका ४ सय ६६ परकम्प आएको केन्द्रले जनाएको छ
