• Wednesday 7th of October 2026

भारतले न्युजिल्याण्डलाई दियो ३९८ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा घरेलु टिम भारतले न्युजिल्यान्डलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ। बुधबार मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो।

भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे। उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन्।

अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्। उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए।

भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे।

त्यसअघि ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।

बलिङमा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖