• Wednesday 7th of October 2026

पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमको राजीनामा


  • धनकुटा खबर
  • .

पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्। बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन्।

भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए।

विश्वकपको सेमिफाइनल पुग्न नसकेको पाकिस्तानले समूह चरणमा ९ खेल मध्ये ४ खेलमा मात्र जित निकालेको थियो।

बाबरले विश्वकपमा नौ खेलमा ३२० रन बनाएका थिए। पाकिस्तानका लागि तेस्रो उच्च रन बनाएका उनको ४० को औसत र ८२.९० को स्ट्राइक रेट थियो।

उनलाई २०१९ मा पाकिस्तानको कप्तानको जिम्मेवारी दिइएको थियो। उनी पछिल्लो समय एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहे पनि यसै महिना भारतका शुभमन गिलले पछि पारेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖