• Wednesday 7th of October 2026

विश्वकप क्रिकेटको फाइनलमा पुग्न आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै


  • धनकुटा खबर
  • .

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् ।
यो खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि घरेलु टोली भारतसँग खेल्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै र अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा पुगेको हो ।

तर दुवै टोलीको ९ खेलमा ७ जित र २ हार रहेको थियो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖