• Wednesday 7th of October 2026

मुम्बई पुलिसलाई दिल्ली पुलिसले भन्यो– आशा छ, मोहम्मद शामीलाई पक्राउ गर्नुहुन्न


  • धनकुटा खबर
  • .

भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न सेमिफाइनलमा घरेलु टोली भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

उक्त म्याचमा भारतका बलर मोहम्मद शामीले ७ विकेट लिएर न्युजिल्याण्डको ब्याटिङ लाइनलाई ध्वस्त बनाए । शामीको यो शानदार प्रदर्शनपछि भारतको दिल्ली पुलिसले मुम्बई पुलिसलाई सोशल मिडिया ‘एक्स’मा एउटा रोचक सुझाव दिएको छ, जो अहिले भाइरल बनेको छ ।

दिल्ली पुलिसले मुम्बई पुलिसलाई ‘ट्याग’ गर्दै ‘एक्स’मा लेखेको छ, ‘मुम्बई पुलिस ! हामीलाई आशा छ कि तपाईंहरुले मोहम्मद शामीका तर्फबाट आज भएको हमलालाई लिएर उहाँलाई गिरफ्तार गर्नु हुनेछैन ।’

सेमिफाइनल म्याच मुम्बईमा आयोजना भएका कारण दिल्ली पुलिसले मुम्बई पुलिसलाई रमाइलो शैलीमा यसरी ‘ट्याग’ गरेको हो ।

मुम्बई पुलिसले पनि दिल्ली पुलिसको उक्त चासोप्रति तत्कालै जवाफ दिएको छ । मुम्बई पुलिसले उक्त पोस्टको जवाफमा भनेको छ, ‘दिल्ली पुलिस ! तपाईहरुले अनगिन्ती मानिसको मुटु चोरेको सम्बन्धमा धाराहरु (कानुनी प्रावधान) लगाउन बिर्सिनुभएको छ, साथै तपाईंहरुले सह आरोपितहरुको सूची पनि दिनुभएको छैन ।’

मुम्बई पुलिसले सेमिफाइनल म्याचका हिरो रहेका विराट कोहली, श्रेयस ऐय्यर, शुभमन गिल, केएल राहुलजस्ता खेलाडीतिर इशारा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖