• Friday 9th of October 2026

बालेनको सपोर्ट गर्दै उपसभामुख रानाले भनिन्- यो देशमा केही गर्दा पनि नहुने


  • धनकुटा खबर
  • .

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताएकी छन् ।हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने उनले बताइन् । शुक्रबार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई/तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् । बालेनलाई सपोर्ट गर्दै उनले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको बताइन् ।

रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्शा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ । सबैले घर बनाउँदै जाने दुई, तीनजनाका लागि भने कहाँ बच्छ, सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने । भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुभयो । विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले । तर यता नेपालीले मालाको मूल्य नै बढाए । कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गर्‍यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने । बालेन साह मेयर बनेपछि नयाँ काम सुरू गर्नुभएको थियो तर कतिपय होटलले मानेनन् ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति उनले दुःख जनाइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖