• Thursday 8th of October 2026

नेपाल १ विकेटको क्षतिमा २९ रन


  • धनकुटा खबर
  • .

चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले आज लिगको अन्तिम खेल जापानसँग खेलिरहेको छ।

अघिल्लो दुई खेलमा तान्जानिया र आयोजक हङकङसँग पराजित भएको नेपाल आज जापानविरूद्ध ब्याटिङ गरिरहेको छ।

खेलको ८ ओभर जारी रहँदा नेपाल १ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ। नेपालकी सिता रानामगर सातौं ओभरको तेस्रो बलमा आउट भइन्। २० बल खेलेकी उनले ९ रन बनाइन।

अहिले कप्तान इन्दु बर्मा र पुजा महतो ब्याटिङमा छन्।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖