• Friday 9th of October 2026

‘सर्वोच्च तिमी कहाँ छौं ?’ भन्दै माइतीघरमा टिकटकरहरुको प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।
आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३० ३५ जना टिकटकरहरु सहभागी छन् ।

उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् । सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने निर्णय गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ । यससँगै सरकारको यो निर्णयको विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖