• Thursday 8th of October 2026

२००३ विश्वकप फाइनलमा अस्ट्रेलियासँग हारेका कप्तान गांगुली भोलिको फाइनलबारे के भन्छन् ?


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । खेल अघि दिग्गज क्रिकेटरहरूले भारतीय टोलीलाई उपाधिको बलियो दावेदारको रूपमा वर्णन गरेका छन्।

भारतीय क्रिकेट टोलीका कप्तान रहेका सौरभ गांगुलीले यस प्रतियोगितामा भारतले अहिलेसम्म देखाएको जस्तो खेल्नुपर्ने बताएका छन् । आइतबार पनि भारतीयले यस्तै खेल देखाए भने उनीहरूलाई रोक्न गाह्रो हुनेछ ।

सन् २००३ को विश्वकपमा अस्ट्रेलियाविरुद्ध फाइनल खेलेको टोलीको नेतृत्व सौरभ गांगुलीले गरेका थिए । त्यसमा भारतले हार बेहोरेको थियो । सौरभ गांगुलीले यस पटकको नतिजा फरक हुने विश्वास व्यक्त गरेका छन् ।

गांगुलीले शुक्रबार पत्रकारहरूलाई भने, “भारत यो खेलमा अवसरको सदुपयोग गर्न तयार छ। अहमदाबाद खेलको लागि हाम्रो शुभकामना। भारतले प्रतियोगितामा अहिलेसम्म निकै राम्रो खेलेको छ । प्रतियोगिता जित्न अझै एक खेल बाँकी छ र अस्ट्रेलिया अगाडि छ । भारतले अहिलेसम्म जसरी खेलेको छ, त्यसरी नै खेलिरह्यो भने रोक्न गाह्रो हुनेछ । तर, दुवै टोली बलियो भएकाले भारत र अष्ट्रेलियाबीचको खेल निकै राम्रो हुनेछ ।”

पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीले विश्वकप भारतले जित्ने बताएका छन् । उनले भने, ‘भारतले छुट्टै केही गर्नुपर्दैन । उनीहरुले पछिल्ला खेलमा जसरी खेलेका छन्, त्यसरी नै खेल्नुपर्छ । म चाहन्छु कि भारतीय टोली शान्त रहोस् र दबाबको सामना गर्न नहिचकिचाउन्। अहिले हरेक भारतीय क्रिकेटर राम्रो खेलिरहेका छन्, जुन ठूलो सङ्केत हो ।’

भारतीय महान खेलाडी बाहेक अष्ट्रेलियाका पूर्व क्रिकेटर माइकल बेभनले यो प्रतियोगिता जित्ने रोजाइको टोली भारत भएको बताएका छन् । उनले भने, ‘टस जुन टोलीले जित्छ, त्यसको माथिल्लो हात हुन सक्छ । अस्ट्रेलियाको टोलीले पनि राम्रो ब्याटिङ गरिरहेको छ । सुरुवाती खेलमा पछि परे पनि राम्रो खेल देखाएको छ । यद्यपि भारत फेवरेट टोली हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖