• Thursday 8th of October 2026

विश्वकप फाइनल : भारतीय ब्याट्सम्यानको ‘खास’ कमजोरीलाई लक्षित गर्दै अस्ट्रेलियाली बलर


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतवार विश्वकप क्रिकेटको फाइनलमा भारतसँग खेल्ने अष्ट्रेलियाका फास्ट बलर जोस हेजलउडले पहिलो खेलमा भारतीय शीर्ष क्रमका ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा आफूले भारतीय टोलीमा कुनै विशेष कमजोरी नदेखेको तर उनीहरूका केही खास ‘दरारहरू’ देखेको बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार हेजलवुडले भने, ‘हामीले भारतीय ब्याटिङमा केही दरार देखेका थियौं जो चेन्नईमा हाम्रो सानो लक्ष्य पछ्याउन आएका थिए। हामी भाग्यमानी थियौं कि हामीले उनीहरूका तीन ब्याट्सम्यानलाई मात्र दुई रनमा आउट गर्यौं।’

चेन्नईमा दुई टोलीबीच लिग खेल भएको थियो । भारतले यो खेल ६ विकेटले जितेको थियो तर एक समयमा भारतको तीन विकेट दुई रनमा मात्रै खसेको थियो ।

बिहीबार भएको खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो । उसले आइतबार फाइनलमा भारतको सामना गर्नेछ । विश्वकपअघि दुई टोलीबीच तीन खेलको एकदिवसीय शृंखला भएको थियो जसमा भारतले २–१ ले जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖