• Friday 9th of October 2026

रानीपोखरीमा छठ व्रत बस्न नदिएकोमा सिके राउत आक्रोशित, दिए यस्तो चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले काठमाडौंको रानीपोखरीमा छठ व्रत बस्न नदिएको भन्दै सरकारसमक्ष आक्रोश पोखेका छन् । यद्धपी उनले पुरातात्विक संरक्षणको कारण हो भने केही आपत्ति नभएको पनि उल्लेख गरेका छन् । तर, शासकीय अहंकार हो भने त्यसको जवाफ पक्के पनि समय आएपछि दिने उनको चेतावनी छ ।

सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष राउतले काठमाडौंमा रहेका ऐतिहासिक दरबारदेखि टुँडालसम्म मधेशीहरुले बनाएको र काठमाडौंको स्वर्णिम काल नै मधेशीहरुले ल्याएको दाबी गरेका छन् । उनले लेखेका छन्

मधेशी राजाररानीद्वारा ई। १६६७ मा, हात्तीद्वारा कुल्चेर आफ्नो पुत्र चक्रवतेन्द्र मारिएको पुत्रशोकको कारणले, बनाउन आदेश दिइएको ३रानी)पोखरीमा आज मधेशीहरूले आफ्नो पुत्रहरूको दीर्घायुको लागि ३छठ ३व्रत बस्न नपाउँदा पक्कै पनि खिन्नताको बोध गरेका छन्।

पुरातात्त्विक संरक्षण कारण हो भने त केही छैन, तर शासकीय अहंकार हो भने यसको जबाब पक्कै पनि समय आए पछि दिने नै छन्। काठमाडौंमा रहेका ऐतिहासिक दरबारदेखि टुँडालसम्म मधेशीहरूले बनाएको हो, काठमाडौंको स्वर्णिम काल नै मधेशीहरूले ल्याएको थियो, कुनै आक्रान्ताहरूले होइनन्।
छठ पर्वको हार्दिक शुभकामना

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖