• Friday 9th of October 2026

दुर्गा काठमाडौँमा, ज्ञानेन्द्र झापामा


  • धनकुटा खबर
  • .

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते शनिबार झापा जाने भएका छन् । बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्।

शाहका संवाद सचिव फणिराज पाठकले आज एक सूचना जारी गर्दै मंसिर ९ गते कलेज प्राङ्गणमा बनेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको जनाएका छन्।

साथै मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा यही मंसिर ७ गते बिहीबार काठमाडौंमा जनप्रदर्शन हुँदैछ। ‘बृहत् नागरिक मुक्ति आन्दोलन’नाम दिइएको यो प्रदर्शनका लागि देशैभरबाट मानिसहरु काठमाडौंमा ओइरिने दाबी प्रसाईंले गरिरहेका छन्। त्यही दिन नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖