• Friday 9th of October 2026

दुर्गा प्रसाईंलाई महेश बस्नेतको चेतावनी- एमाले र युवा संघ के हो ७ गते देखाइदिन्छौं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन्।

भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको उनको भनाइ छ। अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए।

‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं। हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको सिद्धान्तमा अगाडि बढेको छौं उनले व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिँदै भने, मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरेर ७ गते हामी देखाइदिन्छौं। युवा संघ नेपाल केहोरु अनेरास्ववियु के हो ? एमालेको जनसंगठन के होरु एमाले के होरु भन्ने कुरा हामी देखाउँछौं।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖