• Friday 9th of October 2026

एनआरएनएविरुद्ध आक्रामक झाँक्री


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ मंसिर । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपालीहरुले नेपालमा लगानी भित्र्याउँछन् भनेर विश्वास गर्नु मुर्खता भएको टिप्पणी गरेकी छिन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गैरआवासीय नेपालीले देशमा लगानी ल्याउँछन् र देश विकास हुन्छ भन्नु भ्रममात्रै भएको बताएकी हुन् ।

उनले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकतामात्रै दिने सकिने बताईन् । उनीहरुलाई राजनीतिक अधिकार दिन नसकिने उनको भनाई छ ।

‘जुन मान्छेले यो देशको नागरिकता त्यागे, पासपोर्ट त्यागे, परिवार, संस्कार त्यागे । अर्को देशको नागरिकता लिए, त्यहाँको करदाता भए । त्यहाँका दर्जा अनुसारका भोटर भए । तिनै मान्छेले परित्याक्त गरेको देशमा आएर लगानी गरिदिन्छन् भन्ने कुराको ख्वाप राख्ने मान्छे हामी मुर्ख हौं ।’ उनले भनिन्, ‘भावनाको कुरा गरौं– जुन मान्छेले आफ्ना बाबुआमा मर्दा किरिया गर्न आउँदैन, अनि ती मान्छेले लगानी ल्याइदिन्छ भनेर विश्वास गर्ने हामी जत्तिको मुर्खा मान्छेको हो ? जो मान्छेले यहाँ (नेपाल) को सम्पत्ति बेचेर हुण्डीमार्फत लगेको छ, त्यसले सम्पत्ति ल्याइदिन्छ भनेर विश्वास गर्ने हामी मुर्ख होईन भनेको ?’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖