• Thursday 8th of October 2026

विश्वकप फाइनल: यी अम्पायरको नाम सुनेपछि भारतीय फ्यान किन आत्तिए ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी विश्वकप २०२३ को फाइनल आज गुजरातको अहमदाबादमा हुँदैछ । आयोजक भारत र अष्ट्रेलियाको टोली आमनेसामने हुनेछन् ।

फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थले अम्पायरिङ गर्नेछन् । अम्पायरको नाम घोषणा हुनासाथ भारतीय फ्यानहरुको बेचैनी बढेको छ ।

सामाजिक सञ्जालमा पनि, मानिसहरूले रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थको बारेमा धेरै लेखिरहेका छन्।

यसको कारण हो – यसअघि रिचर्ड केटलब्रोले अम्पायरिङ गरेका महत्वपूर्ण आईसीसी नकआउट खेलमा भारतीय टोलीले हार बेहोरेको छ ।

एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो, त्यो खेलमा पनि केटलब्रो अम्पायर थिए।

केटलब्रो अम्पायर हुँदा एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो । यसपछि टी–२० विश्वकप २०१६ को सेमिफाइनलमा वेस्ट इन्डिजले भारतलाई पराजित गरेको थियो ।

च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो । विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई पराजित गरेको थियो । यी सबै खेलमा केटलब्रो अम्पायर थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖