• Friday 9th of October 2026

२९ मंसिरबाट सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी


  • धनकुटा खबर
  • .

३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले यही मंसिर २८ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । २८ गतेसम्म पनि माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी उनले दिएका छन् ।

यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका डा. केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसीमका विषयमा जानकारी गराएका छन् ।

डा केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सन्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखेका छन् ।

यस्तै, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी मापदण्ड सम्वन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने प्रकृया अगाडि बढाउनसमेत केसीले माग राखेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖