• Friday 9th of October 2026

माओवादी केन्द्र र नेसपाबीच एकता ? नाम र चुनाव चिन्ह सहमति अनुरूप


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता वार्ता समितिको बैठक बसेको छ। आज बसेको बैठकमा पार्टी एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भएको माओवादीका उपाध्यक्ष तथा उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपा नेता गंगानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको छ ।

यस्तै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो विज्ञप्तिमा भनिएको छ।

दुई पार्टीबीच एकता गर्ने सहमति भए पनि लामो समयदेखि रोकिएर बसेको छ । पछिल्लो समय नेकपा अध्यक्ष डा. बाबुराम भट्टराई माओवादीसँग पार्टी एकताको पक्षमा छैनन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बाबुराम सन्तुष्ट छैनन् । तर, नेसपामा माओवादीसँग एकता गर्ने विषयमा नेताहरुबीच दुई धार हुँदा दबाबमा परेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖