• Thursday 8th of October 2026

विश्वकप फाइनल चलिरहँदा ‘फ्री प्यालेस्टाइन’ लेखेको टिसर्ट लगाएर दर्शक मैदान प्रवेश गरेपछि…


  • धनकुटा खबर
  • .

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको बिहीबार भइरहेको भारत र अष्ट्रेलियाबीचको फाइनल खेलमा अचानक एक दर्शक मैदान प्रवेश गरे । मैदानमा प्रवश गरेका ती दर्शकले लगाएको टिसर्टमा लेखिएको थियो– फ्री प्यालेस्टाइन ।

हातमा झन्डा समेत लिएर खेल चलिरहेका बेला मैदानमा छिरेका ती दर्शक भारतीय ब्याटर विराट कोहलीको नजिक पुगेका थिए । मैदान प्रवेश गरेको केही क्षणमा सुरक्षाकर्मीले उनलाई समातेका थिए र मैदान बाहिर निकालेका थिए ।

खेल चलिरहँदा दर्शक मैदानमा प्रवेश गर्नुलाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ । सामाजिक सञ्जालमा क्रिकेटका धेरै फ्यानले सुरक्षा व्यवस्था राम्रो नभएको भन्दै आयोजकको आलोचना गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖