• Friday 9th of October 2026

इतिहासविद् नेम्बाङको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ — इतिहासविद् एवं हिन्दू धर्मशास्त्रका ज्ञाता कृष्णविक्रम नेम्बांङको ८२ वर्षको उमेरमा आइतबार साँझ ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।

पाँचथर, पौवासारताप मुलघर भएका नेम्बाङ पछिल्ला वर्ष ललितपुरका बासिन्दा बनेका थिए । नेपाली कांग्रेसको इतिहास र बीपी कोइरालासँगको निकटवर्ती सम्बन्धका बारे पुस्तक लेखनमा सक्रिय रहिआएका उनी पछिल्लो समय भने नेपाली राजनीतिको टुटफुट तथा अधोगतीका कारण एकान्तिक बनेका थिए । केही वर्षयता आन्द्राको क्यान्सरबाट ग्रसित नेम्बाङ उपचार क्रममा थिए । उनका ४ छोरा र ४ छोरी छन् ।

उनका ‘सत्र सालको क्रान्तिको सम्झना’, ‘स्मृतिमा बीपी आन्दोलन’, ‘इतिहास पहिचान’ लगायतका कृति प्रकाशित छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖