• Thursday 8th of October 2026

लुकाकुको ४ गोलमा बेल्जियमको सहज जित


  • धनकुटा खबर
  • .

एजेन्सी । रोमेलु लुकाकुले चार गोल गरेपछि युरोकप २०२४ को छनोट अन्तर्गत समूह एफको खेल बेल्जियमले अजरबैजानलाई ५-० ले पराजित गरेको छ । बेल्जियमका लागि अर्को एक गोल लियान्द्रो ट्रोसार्डले गरे।

घरेलु मैदानमा भएको खेलमा लुकाकुले चारै गोल पहिलो हाफमा गरेका थिए ।

उनले खेलको १७औं, २६औ र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने चौथो गोल ३७औं मिनेटमा गरे ।

लुकुकले बेल्जियमका लागि ११३ खेलमा ८३ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलम सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छन् ।

२४औं मिनेटमा एडी इश्राफिलोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अजरबैजान १० खेलाडीमा समेटिएको थियो ।

बेल्जियमका लागि पाँचौ गोल ट्रोसार्डले ९०औं मिनेटमा गरे।

यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको बेल्जियम छनोटमा अपराजित रह्यो भने २० अंक जोड्दै समूह एफको विजेताको बन्यो । यस्तै अष्ट्रिया ८ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖