• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

टिकटक प्रतिबन्ध विरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖