• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

एमाले र दुर्गा प्रसाईं समर्थकलाई छुट्टाछुट्टै ठाउँमा प्रर्दशन गर्न दिने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं- एमालेको भातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समर्थकलाई छुट्टाछुट्टै ठाउँमा प्रर्दशन गर्न दिने तयारी सुरक्षा निकायले गरेका छन्।

दुवै पक्षले मंसिर ७ गते माइतिघर मण्डला केन्द्रित प्रर्दशन गर्ने तयारी गरेपछि सुरक्षा रणनीति तय गर्न आइतबार गृह मन्त्रालयमा भएको छलफलमा फरक फरक ठाउँमा प्रर्दशन गर्न दिने निर्णय भएको स्राोतले जानकारी दियो। प्रसाईं पक्षधरका लागि नारायणचौरमा स्थान दिइने भएको छ।

आइतबार गृहसचिव दिनेश भट्टराईले काठमाडौं, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुरक्षास्थितिबारे छलफल गरेका थिए। सुरक्षा निकायको बैठकमा एमाले अध्यक्ष केपी ओली पक्षधर र व्यवसायी दुर्गा प्रसाईँ पक्षधरबीच झडप र भिडन्तको अवस्था आउन नदिन चनाखो रहनुपर्ने निष्कर्ष निकालेको हो।

गृहसचिवको संयोजकत्वमा बसेको बैठकले समस्यालाई राजनीतिक रुपमै समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ। स्रोतले भन्यो, ‘यो विषय सुरक्षासँग मात्रै भन्दा पनि राजनीतिक रुपमा समेत जोडिएको छ। यसलाई राजनीतिक नेतृत्वले नै समाधान गर्न चासो देखानु उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖