• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

एमाले कोशी प्रदेशमा दुई संघीय सांसद बने विभागीय प्रमुख, लक्ष्मण तिवारी बने प्रवक्ता


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा एमालेका दुई जना संघीय सांसद प्रदेश कमिटीको विभागीय प्रमुख बनेका छन् । झापा ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बु कोशी प्रदेश कमिटीको कोष तथा वित्त विभागको प्रमुख भएका छन् ।

कोशी प्रदेश अधिवेशनबाट सर्वाधिक मतसहित विजयी भएका साँवालाई पहिलो बैठकले कोष व्यवस्थापनको जिम्मा दिएको हो । उनी एमालेनिकट राष्ट्रिय उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत हुन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा पर्यटन प्रवर्द्धन विभागको प्रमुख बनेका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । त्यस्तै एमाले कोशी प्रदेशको प्रवक्ताको जिम्मेवारी भने पूर्व मन्त्री लक्ष्मण तिवारीले पाएका छन् । प्रदेश कमिटी बैठकले प्रचार तथा प्रकाशन विभागको प्रमुख तेह्रथुमका तिवारीलाई दिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖