• Thursday 8th of October 2026

विश्वकपको फाइनलमा हारपछि रोहित शर्माले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबार भएको विश्वकप २०२३ को फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले यस खेलमा भारतीय टोलीको प्रदर्शन राम्रो नभएको, विशेषगरी ब्याटिङमा टोलीको प्रदर्शन खराब रहेको बताएका छन् ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २४० रनमा अलआउट गर्यो र त्यसपछि चार विकेट गुमाएर विश्व च्याम्पियन बनेको थियो।

खेलपछि रोहित शर्माले टोलीको हारमा भने, ‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौं, तर मलाई टोलीमा गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका थियौं तर जे भयो त्यो त्यहाँ हुनुहुँदैन थियो ।”

‘इमानदारीपूर्वक भन्नुपर्दा २०–३० रन थप गरेको भए राम्रो हुन्थ्यो । करिब २५-३० ओभरसम्म, जब केएल राहुल र विराटले ब्याटिङ गरिरहेका थिए, हामीले राम्रो साझेदारी गर्ने र सम्भव भएसम्म पिचमा रहनुपर्छ भन्ने कुरा गरिरहेका थियौँ, तर त्यसपछि हामीले लगातार विकेट गुमाइरह्यौँ। त्यतिन्जेल हामीले २७०–२८० रन बनाउछौँ भन्ने लागेको थियो । हामीले राम्रो साझेदारी खेल्न सकेनौं। अष्ट्रेलियाले तीन विकेट गुमाएपछि राम्रो साझेदारी गरेको थियो ।

अस्ट्रेलियाको सुरुवात खराब रह्यो र पहिलो सात ओभरमा ४७ रनमा डेभिड वार्नर, मिचेल मार्स र स्टिभन स्मिथको विकेट खसेको थियो । तर यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनबीचको उत्कृष्ट साझेदारीले भारतको खेल नै बदलिदियो ।

रोहित शर्माले भने- “जब तपाइँको बोर्डमा २४० रन छ, तपाइँ जतिसक्दो चाँडो विकेट लिन चाहनुहुन्छ र हामीले त्यो गर्यौं तर त्यसपछि हेड र मार्नसलाई श्रेय दियौं, उनीहरूले ठूलो साझेदारी गरे र हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर निकाले।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖