• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विशाल सभा आयोजना गर्न जिल्ला प्रशासनले दियो युवा संघ र दुर्गा प्रसाई समूहलाई दुई विकल्प


  • धनकुटा खबर
  • .

काठमाडौं— काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते काठमाडौंमा विशाल सभा आयोजना गर्न लागेका युवा संघ र दुर्गा प्रसाई दुवै समूहलाई दुईवटा विकल्प दिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । काठमाडौं जिल्ला प्रशासन प्रमुख जितेन्द्र बस्नेतलाई दुवै पक्षलाई केही घण्टाको समय दिइएको जानकारी दिए ।

‘आज साँझसम्म हामी निर्णय गर्छ’, सीडीओ बस्नेतले भने ।

दुवै समूहले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एकै दिन कार्यक्रम गर्ने भन्दै अनुमति मागेकाले समस्या भएको बताए । ‘एकै ठाउँमा एकै दिन कार्यक्रम गर्न त सम्भव हुँदैन । त्यसैले हामीले उहाँहरुलाई विकल्प दिएका छौँ’, उनले भने ।-मोटिभेट न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖