• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंलाई हर्क साम्पाङले दिए यस्तो सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन्।

पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन्। मेयर साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था नै राम्रो भएकाले यसविरुद्ध नलाग्न सुझाव दिएका हुन्।

‘दुर्गा प्रसाईंलाई मेरो सुझाव– भ्रष्टाचार र भ्रष्टहरूविरुद्ध लाग, तर गणतन्त्रको विरुद्ध नलाग! यही व्यवस्था राम्रो छ’, साम्पाङले भनेका छन्, ‘यो जनताको व्यवस्थालाई मेरो हो भनेर कब्जा गरी ढलीमली गर्नेहरूको विरुद्ध लाग्नू, तर कुनै परिवारको व्यवस्थाको पक्षमा नबोल्नू।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖